मर्मत सम्भारमा बुध्द जहाजको लापरवाही : उड्नै लागेको जहाजबाट तेल चुहियो

245
Shares

काठमाडौं । जहाजमर्मत सम्भारमाको बिषयमा बुध्द एयरले चरम लापरवाही गरेको पाइएको छ ।

जहाज उड्ने वेलासम्म पनि उक्त जहाजबाट तेल चुहिएको बिषय प्राविधिकले जानकारी नपाउँदा उक्त कम्पनीको लापरवाही बाहिर आएको हो ।

प्राविधिकहरुको पूर्ण परीक्षणपछि उड्ने तयारीमा रहेको जहाजबाट एयर फ्युल चुहिएको समेत यात्रुले देखेर जानकारी गराएपछि ठुलो दुर्घटनाको सम्भावनाबाट जोगिएको छ ।

बाराको सिमराबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाजको देब्रेतिरको पंखा छेउबाट एयर फ्युल चुहिएको थियो । यात्रुलाई जहाजमा राखेर उड्नै लागेको अवस्थामा तेल चुहिएको पाइएपछि उडान नै रद्द भएको छ ।

जहाजभित्र भएका यात्रुलाई उतारिएको र जहाज चढ्ने तरखरमा रहेकाहरुलाई फर्काइएको छ । उनीहरू सबैलाई अर्को जहाजमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सिमरा विमानस्थलमै पार्किङ गरेर अहिले जहाजमा देखिएको समस्याबारे अध्ययन सुरु भएको छ । जहाजबाट ठूलोमात्रामा तेल चुहिँदा समेत पत्तो नपाएपछि मेन्टिनेन्समा बुद्ध एयरको चरम लापरवाही प्रष्ट देखिएको छ ।

जहाजबाट काठमाडौं आउन लागेका यात्रुले भने त्रासका बीच ठूलो दुर्घटनाबाट बचेको बताएका छन् ।