
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले चालु आवको पहिलो तीन महिनामा ९१ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा कारोबारमा सुधार हुँदै गएको जनाएको छ । कम्पनीले गत आव र सन् २०२४ मा भने खुद घाटा व्यहोरेको छ ।
सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको हो। त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानी रहेको कम्पनीको अध्यक्ष आदित्य संघाई छन् । दाङमा रहेको उद्योगले क्लिङ्कर, ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
विरेन्द्रकुमार संघाई र गोविन्दलाल संघाईको १०/१० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १० अर्ब ७० करोड ४१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ अर्ब २८ करोड ८३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४१ करोड ५८ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया