गोयन्का स्टिलको व्यापार ४७ प्रतिशतले बढ्यो, कतिको गर्यो कारोबार ?

84
Shares

काठमाडौं । गोयन्का स्टिलको व्यापार ४७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४७ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा ७९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा १ अर्ब १७ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

गोयन्का ग्रुपद्वारा सञ्चालित कम्पनीको स्वामित्व रामगोपाल गोयन्काका दुई जना छोराको नाममा छ । अमितकुमार गोयन्का र अजय गोयन्काको बराबर स्वामित्व रहेको कम्पनीले डण्डी उत्पादन गरी गोयन्का गोल्ड ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ८८ हजार ५ सय मेट्रिकटन क्षमतामा डण्डी उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब २२ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५१ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७१ करोड रुपैयाँको रेटिङ गराएको हो ।