पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ

2k
Shares

काठमाडौं । राजधानीको चप्पल कारखाना क्षेत्रमा सडक पार गरिरहेका पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएलगत्तै सक्रिय भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि रामशाहपथस्थित कार्यालयमा राखिएको छ ।

सार्वजनिक भएको भिडियोमा उनले कारबाट ओर्लिएर पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का हानेको देखिन्छ । सोही क्रममा एक महिलाले समेत पैदलयात्रीलाई अपशब्द प्रयोग गरेको सुनिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि कारबाहीको माग भएको थियो ।