
काभ्रे । काभ्रेमा लागूपदार्थ सेवन गरि सवारी चलाएको पाइएको छ । ट्राफिक प्रहरीले सवारी चालकले लापसे गरि सवारी चलाइएको पाइएको जनाएको छ ।
सोमबार राति सवारी दुर्घटना न्यूनीकरणका लागि पाँचखालमा २५ टिफरका सवारी चालकलाई चेक गर्दा लागुपदार्थ सेवन गर्ने चालक पनि पाइएको ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीले जानकारी दिए।
उनका अनुसार २५ जनामध्ये ५ जनाले लागू पदार्थ सेवन गरी चलाएको पाइएको छ । उनीहरुलाई थप आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक पठाइएको अधिकारीले बताए। ट्राफिक प्रहरीले गएराति रात्रिकालीन समयमा सञ्चालन हुने टिपरहरुलाई लक्षित गरी चेकिङ गरेको थियो।








प्रतिक्रिया