
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ ।
नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढेको छ ।
नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ तय गरिएको छ ।
चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४२ कायम भएको निगमले जनाएको छ ।










प्रतिक्रिया