नेपाल टेलिकमले ल्यायो २२ औं वार्षिकोत्सवमा २२२ रुपैयाँको अफर


काठमाडौं । नेपाल टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर २२२ रुपैयाँको प्याकेज अफर ल्याएको छ । टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको छ । यस्तो सुविधा टेलिकमको प्रिपेड र प्रोस्टपेप दुबै प्रयोगकर्ताको लागि भएको पनि उल्लेख छ ।

टेलिकमले बुधबार आफ्नो २२औँ वार्षिकोत्सवको मनाउँदै गर्दा जीएसएम प्रिपेड तथा पोस्टपेड ग्राहकहरूका लागि आकर्षक विशेष अफरसहितका प्याकेजहरू सार्वजनिक गरेको जानकारी दिएको छ ।

नेपाल टेलिकमका अनुसार यी अफरहरू माघ २२ गतेदेखि माघ २८ गते २०८२ सम्म लागू हुनेछन् । वार्षिकोत्सवको अवसरलाई लक्षित गर्दै डाटा, भ्वाइस र एसएमएस समेटिएका किफायती प्याकेजहरू ल्याइएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले सार्वजनिक गरेको विवरणअनुसार पहिलो प्याकेज डबल टू प्याक अन्तर्गत २२ जीबी डाटा २२ दिनका लागि उपलब्ध गराएको छ । जसको शुल्क करसहित २२२ रुपैयाँ तोकिएको छ । पोस्टपेड ग्राहकका लागि यस प्याकेजमा रेन्टलसमेत समावेश गरिएको पनि उल्लेख छ ।

टेलिकमले डेली टू प्याक अन्तर्गत १ दिनका लागि २ जीबी डाटा केवल २२ रुपैयाँमा उपलब्ध गराइएको छ। टेलिकमले सेलिब्रेसन कम्बो प्याकमा २२२ मिनेट सबै नेटवर्कमा भ्वाइस कल, ४ जीबी डाटा तथा २२२ वटा एसएमएस समावेश छन् । यसको अवधि २२ दिन र शुल्क २२२ रुपैयाँ रहेको छ । यो प्याकेज पनि पोस्टपेड ग्राहकका लागि रेन्टलसहित लागू हुनेछ।

सिम र सेवा शुल्कमा विशेष छुट
वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले नयाँ ग्राहकलाई लक्षित गर्दै थप सुविधा पनि घोषणा गरेको छ । सामान्यतया ९० रुपैयाँ पर्ने प्रिपेड सिम कार्ड अब २२ रुपैयाँमै उपलब्ध गराइनेछ । यो सुविधा माघ २२ देखि फागुन १४ सम्म नेपाल टेलिकमका कार्यालय काउन्टरहरूबाट मात्र लागू हुनेछ ।

नयाँ सेवा जडान गर्ने सबै नयाँ ग्राहकका लागि लाग्ने ५०० रुपैयाँ सेवा शुल्क पनि पूर्ण रूपमा छुट दिइनेछ । यद्यपि, यो छुट एफटीटीएच विद्यार्थी अफरमा भने लागू हुने छैन ।

नेपाल टेलिकमले हाल सञ्चालनमा रहेको एफटीटीएच विद्यार्थी अफरलाई फागुन २२, २०८२ सम्म निरन्तरता दिने निर्णयसमेत गरेको छ।

Skip This