सरकारले राख्यो ९ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा


काठमाडौं । सरकारले ९ वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।

कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिसहित श्रीओम अटो ल्युब प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रालि, अग्रिम-लङभिजन-धनलक्ष्मी जेभी लगायत रहेका छन् ।

यस्ता कम्पनीलाई ६ महिनादेखि १ वर्षको लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

Skip This