ह्युमन रिर्सोज सोसाइटीको अध्यक्षमा मोहन ओझा
काठमाडौं । मानव संसाधनको क्षेत्रमा कार्यरतहरुको संस्था ह्युमान रिर्सोज सोसाइटी नेपालको अध्यक्षमा ग्रोथ सेलरका मोहन ओझा चुनिएका छन् ।
सोसाइटीको ५ औ वार्षिक साधारणसभाले ओझाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।
सोसाइटीको उपाध्यक्षत्रयमा टंकप्रसाद भट्टराई,मधु पौडेल र बिन्दु भट्टराई छन् । यस्तै महासचिवमा दशरत सिलवाल,सचिवमा चुडामणी पराजुली,कोषाध्यक्षमा निलिमा श्रेष्ठ रहेका छन् ।
यस्तै सदस्यमा प्रकाश ढकाल,विशाल दाहाल,अनिल जैशवाल,मोहन थापा,रुपेश श्रेष्ठ,लेखनाथ पौडेल,निभा शाक्य,रिसीराम पौडेल रहेका छन् ।