प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार


काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको नाफामा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार आएको देखिएको हो ।

चालु आवको छ महिनामा अर्थात् पुससम्ममा कम्पनीले ६२ लाख २६ हजार १३० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ७ लाख ३४ हजार ९५८ रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार छ महिनामा कुल ८ करोड १६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड १३ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ । गत आवको दोस्रो त्रैमासमा ५ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको सोही अवधिमा ७ करोड २७ लाख रुपैयाँ कुल खर्च गरेको छ ।

चालु वर्षको पुससम्म कम्पनीको बिमा कोषमा २९ करोड ६ लाख छ जबकि, गत आवको सोही अवधिमा भने २० करोड ५५ लाख रुपैयाँ थियो ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ११ करोड १५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ४ करोड ८४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो ।

गत आवमा ०.५६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.३७ रुपैयाँ पुगेको छ ।