
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ७० लाख ६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म २ करोड ५८ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस अवधिमा १२०.२५ प्रतिशतले बढेको हो ।
बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै नाफा पनि उल्लेख्य बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म ८ करोड ५८ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड ४६ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम ५८ लाखबाट बढाएर २ करोड १९ लाख पुर्याउँदा पनि नाफा बढेको हो । नाफा बढेसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ २५ पैसाबाट बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ ।
यस्तै प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ६५ लाख ६८ हजार रुपैयाँ र सञ्चित नाफा ६ करोड ७९ लाख ६ हजार रुपैयाँ छ । १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ३७ करोड २० हजार रुपैयाँ छ ।
गत असार मसान्तमा बैंकको निक्षेप ६ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेकोमा पुस मसान्तसम्म आइपुग्दा ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको कर्जा ५ अर्ब १७ करोड ८१ लाखबाट बढेर ६ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ०.४५ प्रतिशत छ । त्रैमासको औसत आधार दर ६.४८ प्रतिशत हुँदा बैंकको पुँजी कोष १६.८१ प्रतिशत छ।








प्रतिक्रिया