एमाले युवा संघ दमक अध्यक्ष बालेनतर्फ लागे, भने-परिवर्तनलाई आत्मसात् गरेँ


काठमाडौं । नेकपा(एमाले)निकट युवा संघ दमकका अध्यक्ष बालेन्द्र शाह(बालेन) को पक्षमा लागेका छन् ।

हिजो झापा ५ का रास्वपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका बालेन शाहका पक्षमा कांग्रस एमालेका स्थानीय नेता खुलेका छन् ।
यसैबीच एमाले निकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडा एमाले त्यागेर बालेनको पक्षमा लागेका छन् ।

बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्–

आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।

यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।

यसअघि नेपाली कांग्रेसका दमक सभापति प्रकाश प्रसाई पनि पार्टी छाडेर बालेनको पक्षमा लागेका थिए।