मोरङ ६ मा शेखर कोइरालाले दिए उम्मेदवारी, रास्वपाबाट रुविना


विराटनगर । कांग्रेस नेता डा शेखर कोइरालाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

उनी यो क्षेत्रका निवर्तमान सांसद हुन् । यसअघी उनले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए ।

यो क्षेत्रबाट कोइराला सहित नेकपा एमालेका विनोद ढकाल र राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) वाट युवा नेतृ रुविना आचार्यका साथै नेकपाबाट ओपेन्द्र रायले उम्मेदवारी दर्ता गरेका छन् ।

ढकाल अघिल्लो निर्वाचनमा मोरङ ५ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनमा माओवादीका अमनलाल मोदीसँग पराजित भएका थिए ।