दार्चुलामा रास्वपा उम्मेदवार बने राजेश


काठमाडौं । दार्चुलाबाट पूर्वप्रधानाध्यापक तथा नेपाल शिक्षक महासङ्घका अध्यक्ष राजेश सिंह सामन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका छन् ।

यसअघि दार्चुलाबाट प्रतिनिधि सभा सदस्य रहेका नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडूले उम्मेदवारी नपाउँदा त्यसको लाभ रास्वपालाई हुने विश्वास उनीहरूको छ ।

‘जनताले विकल्प खोज्न थालिसकेका छन्। हामी निरन्तर जनताको घर–दैलोमा पुगेर काम गरिरहेका छौँ,’ दार्चुला रास्वपाका जिल्ला नेता कपिल देव भट्टले भने ।