बालेनले गराए उम्मेदवारका लागि मनोनयन दर्ता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मनोनयन दर्ता गरेका छन् ।

शाहले निर्वाचन अधिकृतको कार्यालय दमक पुगेर झापा पाँच प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गराएका हुन् ।

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन् । शाह मनोनयनका लागि निर्वाचन कार्यालय पुग्दा उनका समर्थक पनि बाजागाजासहित गएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन् ।