मधेश बलिदानी दिवसमा सहभागी हुन लाहान जाँदै बालेन, जानकी मन्दिरमा गरे पुजापाठ


काठमाडौं । काठमाडौं महानगर प्रमुखबाट राजीनामा दिएर आइतबार साँझ जनकपुर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज बिहान सिराहाको लाहान जाँदैछन् ।

मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसको विशेष कार्यक्रममा सहभागी हुन उनीसहित डा. अमरेश सिंह सिराहाको लहान प्रस्थान गरेका छन् ।

बालेनले बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको शालिकमा माल्यार्पण गर्ने तालिका छ ।

यसअघि उनी आजै बिहान जनकपुरस्थित जानकी मन्दिरको आरतीमा सहभागी भएका थिए । उनीसँगै रास्वपा प्रवेश गरेका निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि आरतीमा सहभागी भएका थिए ।

लाहानको बलिदानी दिवस सकेर बालेन पुनः जनकपुर फर्कने कार्यक्रम छ । रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभामार्फत पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधनमा सहभागी हुनेछन् ।

आइतबार जनकपुर विमानस्थलबाट बालेनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए भने उनी यात्री होटलमा बसेका थिए ।

उद्घोष सभामा पार्टी सभापति लामिछाने र बालेनसहित नेताहरु डीपी अर्याल, स्वर्णिम वाग्ले, मनिष झासहित १२ वक्ताले मन्तव्य दिने तालिका छ ।