रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह


काठमाडौं। अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै उनले यसबारे जानकारी दिएका हुन् । उनले रास्वपामार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको उनले बताए ।

उनी माघ ५ गते जनकपुरमा हुने रास्वपाको कार्यक्रममा पार्टी प्रवेश गर्नेछन् ।

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु,’ ‘देश र मधेसमा रहेको भ्रष्टाचार कुशासनविरुद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ,’उनले लेखेका छन् ।