
काठमाडौं । नेपालमा डायुन ईभी करिब ४ लाख रुपैयाँको डाउन पेमेन्टमै पाइने भएको छ । डायुन ईभीको आधिकारिक वितरक सी.जी मोटर्सले सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको छ। अब डायुन ईभी कार केवल ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको छ।
नेपाली सडक अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको डायुन ईभीले एकपटक फुल चार्जमा ३०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। २०१ एमएम ग्राउन्ड क्लियरेन्स र सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीका कारण यसले शहरदेखि चुनौतीपूर्ण सडकसम्म सहज र सुरक्षित सवारी अनुभव प्रदान गर्छ।
ग्राहकलाई थप लाभ दिन सी.जी मोटर्सले आकर्षक प्याकेज पनि ल्याएको छ। प्याकेजअन्तर्गत एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर र अटो प्लस बीमा कभरेज समावेश गरिएको छ।
डायुन ईभीमा सेग्मेन्ट–लीडिङ जीबी/टी चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सी.जी मोटर्सको फास्ट चार्जिङ सञ्जालसँग सहज अनुकूलता सुनिश्चित गर्छ। ग्राहकले देशभर रहेका २६० भन्दा बढी सी.जी फास्ट चार्जिङ स्टेशनको सुविधा उपयोग गर्न सक्नेछन्।
सी.जी मोटर्सले दिगो, किफायती र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने लक्ष्यसहित उच्च प्रदर्शन र दीर्घकालीन बचतको संयोजन भएको डायुन ईभी नेपाली बजारमा उपलब्ध गराइरहेको जनाएको छ।








प्रतिक्रिया