
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १.६६ अंकले घटेर २६०७.३७ बिन्दुमा कायम थियो ।
आइतबार नेप्सेमा कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । गत साताको बिहीबार भने नेप्सेमा ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आइतबार स्वस्तिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसवाई प्यानलको सेयर मूल्यमा ९.९८ प्रतिशतको सुधार आएको छ ।










प्रतिक्रिया