
काठमाडौं । सालपा विकास बैंकले ‘एससीटी युनियनपे’ कार्ड सेवा सुरु गरेको छ । एससीटी युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त सालपा विकास बैंकले सुरु गरेको हो ।
मंसिर १६ देखि सालपा विकास बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियनपे कार्ड प्राप्त गर्न सक्ने छन् । अब बैंकका ग्राहकहरूले डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने बताइएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।
एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।
विगत दुई दशकदेखि नेपालभरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी
(अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ् मोबाइल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।







प्रतिक्रिया