फोन पेसँगको सहकार्यमा सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

980
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ ।

बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो। उक्त सेवा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो।

यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले बिना भौतिक कार्ड १८ लाखभन्दा बढी फोनपे नेटवर्कका व्यवसायिक स्थानहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन्। डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई लक्षित गरी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, पूर्ण नियन्त्रण तथा उच्च सुरक्षा सुविधा प्रदान गर्दछ।

ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत सजिलै आवेदन दिन, कार्ड प्राप्त गर्न तथा सक्रिय गर्न सकिनेछ। साथै कार्डको सीमा व्यवस्थापन, लकरअनलक, स्टेटमेन्ट हेर्ने लगायतका सबै सुविधा एउटै एपबाट सहज रूपमा गर्न सकिन्छ।

विशेष लन्च अफरअन्तर्गत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी गरिने प्रत्येक कारोबारमा ग्राहकहरूले ५०५ क्यासब्याक प्राप्त गर्नेछन्, अधिकतम रु। ७५० सम्म। यसअन्तर्गत प्राप्त क्यासब्याकले सदस्यता शुल्क समेत समायोजन गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। यो अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मात्र लागू हुनेछ।

सेवाबारे थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहेको ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सक्नेछन्।