प्रदीप अधिकारीलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने भन्ने मुद्दाको थुनछेक बहस जारी

210
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका ७ जना प्रतिवादीलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने भन्ने मुद्दामा थुनछेक बहस भइरहेको छ ।

अधिकारीसहितका सात जनाले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट (हेलिकप्टरका उडान अवतरण गर्ने विमानस्थल) बनाउँदा भ्रष्टाचार गरेको आरोपमा बुधबार पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बुधबार पक्राउ परेको अधिकारीसिहतलाई आज अदालतमा अख्तियारले पेश गरेको छ । उनीहरुलाई २ दिन अख्तियारले नै हिरासतमा राखेको थियो ।

भक्तपुरमा बनाएको हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको भन्दै अधिकारीसहित ७ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अधिकारीसहित ७ जनालाई जनही साढे १३ करोड रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।