आफ्नै गाउँमा कुटिइन् पूर्वसांसद गंगा थारु

798
Shares

काठमाडौं । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् ।

बाटो सम्बन्धि विवादको क्रममा उनीमाथि उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ ।

आफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छन् । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छन् ।

गंगाले भनिन्, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीमा जाहेरी दिएकी सिसहनियामा अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छु ।’

प्रहरी चौकी सिसनियामा वरिष्ठ असई रकम बहादुर खड्काले जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बस्च विवाद भएको र हात हालाहाल भएको घटनामा दुवै पक्षबाठ ठाडो निवेदन आएको जनाए ।

Skip This