देशका २२ सडकबाट टोल ट्याक्स उठाउने सरकारको तयारी, कुनकुन बाटो हिँड्दा पैसा तिर्नुपर्छ ?

40.4k
Shares

काठमाडौं। सडक बोर्डले देशभरका २२ सडकबाट सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी गरेको छ । बोर्डले पाँच वर्षपछि पुनः यो दस्तुर उठाउने गृहकार्य गरेको हो ।

बोर्डका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता पाएका स्थानहरूमा क्रमशः टोल गेट राख्ने र दस्तुर उठाउने प्रक्रिया अघि बढाउन लागिएको हो ।

बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार पछिल्लो समयमा भैरहवा–भुमही सडक खण्डमा मंसिर १ गतेदेखि टोल ट्याक्स उठाउन सुरु भएको छ । उक्त खण्डमा ठुला सवारीलाई ३० रुपैयाँ र साना (चार पाङ्ग्रे) लाई २० रुपैयाँ पुरानै दर कायम गरिएको छ ।

यसबाहेक निकट समयमै नारायणगढ–हेटौंडा, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा र वीरगञ्ज–पथलैया सडक खण्डमा टोल गेट स्थापना गरी दस्तुर उठाउने तयारी भइरहेको केसीले जानकारी दिए ।

कोभिड–१९ का कारण पछिल्लो समयमा दस्तुर उठाउने कार्य रोकिएको थियो । बोर्डका अनुसार देशभरका २२ सडक र नागढुङ्गा सुरुङमार्गबाट दस्तुर उठाउने तयारी भइरहेका छ । कोभिडअघि १५ वटा सडकबाट मात्र यस्तो कर उठाइने गरिन्थ्यो ।

२०८१ जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक उपभोग दस्तुर उठाउने ९कार्यविधि० नियमावली, २०८१ स्वीकृत गरिसकेको थियो, तर लागु भने भएको थिएन ।

२०८२ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्गको दस्तुर तोकेको थियो । उक्त सुरुङमा तीन किसिमका सवारीलाई काठमाडौं आउँदा र काठमाडौंबाट बाहिरिँदासमेत फरक शुल्क तोकेको छ ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि सवारीधनीले सुरुङ प्रयोग गरेबापत शुल्क तिरेर मात्र उपभोग गर्न सकिन्छ ।

२२ सडकमध्ये कुनमा कति दस्तुर लिने बिषयबारे छलफल भइरहेको छ । पहिला उठाइरहेको टोल दर १० वर्ष पुरानो भएकाले यसलाई समयसापेक्ष बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक केसीले बताए ।

उनले भने, ‘ट्याक्स कुन ठाउँमा कति उठाउने, फाइनल हुँदै छ । अझ हाम्रो क्याबिनेटमा जान्छ, किनकि यो १० वर्ष पहिलाको रेट छ । १० वर्षबाट एस्केलेसन नै ३ प्रतिशतले बढेर आएकाले रिभाइज गर्नुपर्ने देखिन्छ ।’

नेपालमा पहिलोपटक २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन २०५८ को दफा ६ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी भैरहवा–भूमई र वीरगञ्ज–पथलैया सडकमा सडक उपभोग दस्तुर लगाउने निर्णय भएको थियो ।

नेपालमा पहिलोपटक २०६७ असार १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडक बोर्ड ऐन २०५८ को दफा ६ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी भैरहवा–भूमई र वीरगञ्ज–पथलैया सडकमा सडक उपभोग दस्तुर लगाउने निर्णय भएको थियो ।

अहिले टोल ट्याक्स संकलनका लागि भौतिक र अर्थ मन्त्रालयले प्रस्ताव गरेका नयाँ सडक खण्डमा मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्ग गरी ७ वटा छन् ।

यी दुवै सडक प्रयोग गरेवापत तीनपाङ्ग्रे (अटोरिक्सा,टेम्पो) सवारीले ५ रुपैयाँ, हलुका सवारी (कार, जीप, भ्यान र मिनिबस) ले १०-१० रुपैयाँ र हेभी सवारी (बस ट्रक, एक्सेल, मल्टी एक्सेल) ले १५-१५ रुपैयाँका दरले सडक उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको थियो ।

२०७६ वैशाख २ गते राजपत्रमा प्रकाशित गर्दै १४ वटा सडकको उपभोग दस्तुर कायम गरियो । हेटौडा–नारायणघाट, नारायणघाट–बुटवल, नौबिसे–मुग्लिन, भैरहवा भूमई, काकडभिट्टा–दमक, दमक–इटहरी, विराटनगर–धरान, कोशी–चैहर्वा, चैहर्वा–पथलैया, हेटौँडा–विरगंज, वीरगञ्ज–पथलैया, धुलिखेल–खुर्कोट, खुर्कोट–सिन्धुली–बर्दिबास, पाँचखाल–मेलम्ची र नारायणगढ–मुग्लिन रहेका थिए ।

यसपछि २०७७ भदौ ८ गते नारायणगढ–मुग्लिनको सडक उपभोग दस्तुर तोकी १५ वटा पुर्‍याइएको थियो । जसमा भारी सवारीसाधन (बस, मिनिबस, ट्रक हेभी मेसिनरी इक्विपमेन्ट) ५५ रुपैयाँ, हलुका सवारी साधन (कार, जीप, पिकअपभ्यान र ट्याक्टर) २५ रुपैयाँ तोकिएको थियो ।

अहिले टोल ट्याक्स संकलनका लागि भौतिक र अर्थ मन्त्रालयले प्रस्ताव गरेका नयाँ सडक खण्डमा मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्ग गरी ७ वटा छन् ।

पहिला उठाउँदै आएको सडक उपभोग दस्तुर बढाएर प्रस्ताव गरिने केसी बताउँछन् । साथै २२ वटै सडकमा मोटरसाइकल तथा स्कुटरबाहेक सबैलाई सडक उपभोग दस्तुर लाग्ने उनको भनाइ छ ।