
काठमाडौं । भगवती कम्पोजिट इन्डस्ट्रिज लिमिटेडले धितोपत्रबो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिमित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजीको २० प्रतिशतले हुने ६ लाख ४४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । १० मंसिर बुधवार नेपाल लाइफ क्यापिटलमा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौत भएको छ ।
सम्झौतामा भगवती कम्पोजिट इन्डस्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।
यो आईपीओ १०-१० कित्ताका दरले ६४ हजार ४ सय जनालाई पर्नेछ ।
भगवती कम्पोजिट इन्डस्ट्रिजले १५ वर्षदेखि चितवनको भरतपुरमा उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । कम्पनील अत्याधुनिक सिट मोडलिङ कम्पाउन्ड प्रविधिमा आधारित कभरहरू, डब्लु पीसी उच्च घनत्वको ढोका, पार्टेसन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल उत्पादन गर्दै आएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो ।







प्रतिक्रिया