के हो सिटिजन्स बैंकले सञ्चालनमा ल्याएको डीजीबैंक सेवा ?

1.6k
Shares

काठमाडौं । सिटिजन्स बैंकले सिटिजन्स डीजी बैंक नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रित गरी बैंकका ग्राहकलाई वेब र मोबाइल मार्फत सहजीकरण गर्न बैंकले उक्त सेवा ल्याएको हो ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने बैंकले बताएको छ ।

यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोवाईल बैंकिङ एप (सिटिजन्स स्मार्ट) मार्फत प्रयोग गर्न सकिनेछ ।
पहिलो चरणमा यस प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवा (जस्तैः अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडिएस सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ तथा कार्डसम्बन्धी सेवा) उपलब्ध गराइएका छन् ।

डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथै भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउदैं लैजाने बैंकले जनाएको छ ।