सिटिजन्स बैंकको ‘जेन-जी एकाउन्ट’ सञ्चालनमा


काठमाडौं । सिटिजन्स बैंकले ‘जेन-जी सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो खाताको शुभारम्भ गरे ।

यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई समेट्न खोजिएको बैंकले जनाएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने यसमा बैंकले वार्षिक ३।०२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

‘युवालाई कारोबार सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सीआस्बा रजिस्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई-कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा ५०० रुपैयाँमा उपलब्ध हुने विशेष ‘बन्डल्ड’ सुविधा समेत राखेको छ।

ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

‘ग्राहकले ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन-जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पनि पाउने छन्’ बैंकले भनेको छ ‘यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप-अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।’

बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले ल्याएको छ ।