
काठमाडौं । अर्थ मन्त्रालयको अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट सर्भे (ओएनएम) ले मन्त्रालय माताहतका ३८ कार्यालय खारेज गर्न सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता टंक पाण्डेयले ओएनएम सर्भेमार्फत ३२३ दरबन्दी र मन्त्रालय माताहतका ३८ कार्यालय खारेज गर्न सिफारिस गरेको बताए।
ओएनएम सर्भेले गरेको सिफारिसले कार्यालय खारेज र कर्मचारी कटौति मात्रै नभएर राज्य कोषको ठूलो रकम बचत हुने देखिएको छ । मन्त्रालयका अनुसार २० देखि २२ करोड रुपैयाँ बचत हुने देखिएको छ ।
यस्तै सरकारको पुननिमार्ण कोषमा जम्मा हुने रकम न्युन देखिएको छ ।
जेन-जी आन्दोलनपछि क्षति पुगेको संरचना पुननिमार्णको लागि सरकारले पुननिमार्ण कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । २ मंसिरसम्म कोषमा ८ करोड २६ लाख रुपैयाँ जम्मा भएको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया