लक्ष्मी बैंकको नयाँ शाखा तनहूँको म्याग्दे र भोक्राहा गाउँपालीकामा



काठमाडौं । लक्ष्मी बैंकले तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा एकै साथ आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैंकको क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् ।

अब, लक्ष्मी बैंकको शाखा संजाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार ७०.९० अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु