उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार, स्थानीयको साथपछि स्कुटर छोडेर फरार

13.9k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सातदोबाटोमा एक अज्ञात समूहले दुर्व्यवहार गरेको छ । आफ्नै घर नजिकै अधिकारी बाटोमा हिड्दै स्कुटरसहित आएको ४ पाँच जनाको समूहले धकेलेर दुर्व्यवहार गरेको अधिकारीले बताए ।्उ

नले स्थानीयलाई आफूममाथि दुर्व्यवहार भएको जानकारी गराए भने स्थानीयले अधिकारीलाई साथ दिएपछि दुर्व्यवहार गर्ने समूह छाेडेर भागेका छन् । उक्त स्कुटर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

पछिल्लो समय जेनजीको नाममा आपराधिक गतिविधि हुने र आतंक मञ्चाउने समूह सक्रिय रहेकोले आफूमाथि दुव्र्यवहार गर्ने पनि त्यस्तै समूह हुनसक्ने बुझाई अधिकारीको छ ।