
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको लुभ्र म्युजियममा डकैती भएपछि बन्द गरिएको त्यहाँकी संस्कृतिमन्त्रीले बताएकी छन् ।
मन्त्री राचिदा दातीले लुभ्रमा आइतवार बिहान डकैती भएको र कोही घाइते भएको खबर नआएको सामाजिक सञ्जाल एक्समा पोस्ट गरिन् । घटनाको अनुसन्धान सुरु भएको छ ।
असाधारण कारणले गर्दा आजको दिनका लागि बन्द गरिएको लुभ्र म्युजियमले जनाएको छ । उसले विस्तृत विवरण दिएको छैन ।
लुभ्र संसारको सबभन्दा बढी पर्यटक पुग्ने म्युजियम हो । त्यहाँ अनेकौं प्रख्यात कलाकृति र अन्य बहुमूल्य वस्तुहरू राखिएका छन् ।








प्रतिक्रिया