२३ दिनअघि प्रहरीले उद्धार गरेपछि अहिलेसम्म कार्यालय गएनन् सीईओ, नेप्सेमा टाँसियो ‘हराएको सूचना’

147
Shares

काठमाडौं । नेप्सेमा कर्मचारीहरूले सुरु गरेको आन्दोलन २३ औं दिन पनि जारी रहँदा नेप्सेका प्रमुख कार्याकारी अधिकृत(सीईओ) चुढामणि चापागाई पनि सोही दिनदेखि नै नेप्सेमा हाजिर भएका छैनन् ।

नेप्सेका कर्मचारीले श्रम अदातलको आदेश अनुसार कर्मचारीलाई बोनस दिने व्यवस्थाको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।तर, नेप्से सञ्चालक समितिले भने श्रम अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने निर्णय गरेपछि कर्मचारीले नेप्से अध्यक्ष र सीईओ सहितको पदाधिकारीलाई कार्यालयमा नै बन्दक बनाएका थिए ।

असोज ७ मा नेप्सेका कर्मचारीले अध्यक्ष र सीईओ सहितका पदाधिकारीलाई राति १२ बजेसम्म कार्यालय परिसमा थुनेर राखेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेर घर पुर्याएको थियो ।

मध्य राति प्रहरीले नेप्से कार्यालयबाट रेस्क्यु गरेर लगेपछि नेप्सेमा हाजिर नभएका सीईओ चापागाई २३ दिनसम्म पनि नदेखिएको भन्दै कर्मचारीले सीईओ हराएको सूचना टाँसेका छन् ।

नेप्सेका कर्मचारीले आज २३ औं दिन पनि हाम्रो आन्दोलन जारी भन्दै नेप्सेको कार्यालय परिसरमा ब्यानर टाँसेका छन् ।कार्यालयले दिने सेवा प्रवाह भने सुचारु नै रहेको नेप्सेका कर्मचारी संघका अध्यक्ष नवराज थापाले बताए ।

कर्मचारीहरुले बुधबार पनि साढे २ घण्टा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले ‘असक्षम सीइओ र अध्यक्ष राजीनामा दे’ लगायतका ब्यानरसहित प्रदर्शन गरेका थिए ।

Skip This