ग्लोबल आइएमई बैंकको थप ३ शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले कपिलबस्तु जिल्लाको कपिलबस्तु नरपालिका वडा नं. ९, जगदिशपुर, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका वडा नं. ४, झ्यालबास र सोहि जिल्लाको कावासोती नगरपालिका वडा नंं. ४ हसौरामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकको यी तीनसहित ६८ वटा शाखारहित बैंकिङ सेवा पुगेको छ ।
कपिलबस्तु जिल्लाको जगदिशपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय जगदिश गुप्ता, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको झ्यालबासमा खोलिएको सेवाको लागि स्थानिय जुद्घ बहादुर थापा र नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हसौरामा खोलिएको सेवाको लागि स्थानिय अमित भण्डारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।