
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प इजरायलको सबभन्दा ठूलो मित्र भएको बताएका छन् ।
सोमवार इजरायली संसदमा ट्रम्पको उपस्थितिमा नेतान्याहुले उनको प्रशंसा गरेका हुन् ।
‘कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायलका लागि ट्रम्पले जति काम गरेका छैनन्, अरू त छेउछाउमा पनि पर्र्दैनन्,’ उनले बताए ।
गाजाका विषयमा ट्रम्पले बनाएको योजनालाई सन्दर्भ बनाउँदै यसले पश्चिम एसियामा ऐतिहासिक रूपमा शान्तिलाई विस्तार गर्ने बताए ।
‘म यो शान्तिका लागि प्रतिबद्ध छु, तपाईं शान्तिका लागि प्रतिबद्ध हुनुहुन्छ र हामी सबैले मिलेर शान्ति हासिल गर्नेछौं,’ उनले थपे ।
अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प मात्र योग्य भएको नेतान्याहुले बताए ।
ट्रम्पले पहिलो कार्यकालमा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएकोमा नेतान्याहुले प्रशंसा गरे । त्यस्तै यूएई, बहराइन र मोरक्कोसँग इजरायलको पूर्ण कूटनीतिक सम्बन्ध राख्ने अब्राहम एकर्ड गराएकोमा पनि नेतान्याहुले ट्रम्पको प्रशंसा गरेका छन् ।
त्यस्तै पश्चिमी किनारामा इजरायलको अधिकारलाई समर्थन गरेकोमा पनि उनले ट्रम्पको उच्च मूल्यांकन गरे ।








प्रतिक्रिया