
एजेन्सी । इजरायली संसद् कनेसेतका सभामुख अमिर ओहानाले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशंसा गर्दै यहुदीहरूले उनलाई हजारौं वर्षसम्म सम्झिने बताएका छन् ।
सोमवार ट्रम्पको उपस्थितिमा इजरायली संसदमा उनले यो कुरा बताएका हुन् ।
उनले नोबल शान्ति पुरस्कारको ट्रम्प जत्तिको हकदार कोही पनि नभएको उनको भनाइ छ । इजरायलले अर्को वर्षको पुरस्कारका लागि ट्रम्पलाई मनोनयन गर्ने उनले बताए ।
इजरायललाई निरन्तर समर्थन गरेको भन्दै ओहानाले ट्रम्पको प्रशंसा गरे । इरानसँग १२ दिनसम्म चलेका युद्धमा इजरायललाई गरेको समर्थन र इजरायल तथा हमासबीच युद्धविराम गराएकोमा ओहानाले ट्रम्पको उच्च मूल्यांकन गरे ।
‘अबको हजारौं वर्षपछि यहुदीहरूले तपाईंलाई सम्झिनेछन्, राष्ट्रपतिज्यू,’ उनले भने, ‘हामी सम्झना राख्ने राष्ट्र हौं । यस पृथ्वीमा तपाईंले जति शान्तिलाई अघि बढाउने काम अरू कसैले पनि गरेको छैन ।’
ट्रम्पले इजरायली संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया