
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि इजिप्टमा हुने अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
सोमवार नै हुने उक्त सम्मेलनलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका इजिप्टेली समकक्षी अब्देल फतह अल–सिसीले सहअध्यक्षता गर्नेछन् ।
हमासले चाहिँ क्षेत्रीय र अन्तर्राष्ट्रिय नेताहरू सहभागी हुने शान्ति शिखर सम्मेलनमा भाग नलिने जनाएको छ ।








प्रतिक्रिया