रिहा गरिएका प्यालेस्टाइनी कैदीहरू राखेको बस पुग्यो गाजा

672
Shares

एजेन्सी । इजरायलका विभिन्न कारागारहरूमा कैद गरिएका बन्दीहरूलाई लिएर गएको एउटा बस गाजा पुगेको प्यालेस्टाइनियन प्रिजनर्स इन्फर्मेशन अफिसले जानकारी दिएको छ ।

यस्ता ३८ वटा बसमा राखेर प्यालेस्टाइनी कैदीहरूलाई गाजामा छोडिने बताइएको छ ।

त्यससँगै इजरायलले रिहा गरेका कतिपय प्यालेस्टाइनी बन्दीहरू बोकेका बस पश्चिम किनारको रमाल्लाह पुगेका छन् ।

हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्दीहरूलाई मुक्त गरेसँगै इजरायलले पनि आजीवन कारावासको सजाय भोगिरहेका २५० जना कैदी र गाजामा युद्ध सुरु भएपछि बन्दी बनाएका १७ सय व्यक्तिहरूलाई रिहा गर्नेछ ।