हमासले बाँकी १३ जीवित बन्दी पनि रेडक्रसलाई बुझायो

1.6k
Shares

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमासले आफ्नो नियन्त्रणमा रहेका बाँकी १३ जना जीवित बन्दीहरू पनि अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई बुझाएको इजरायली सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

यसअघि ७ जना बन्दीहरूलाई हमासबाट लिएर रेडक्रसले इजरायली सैनिकलाई बुझाइसकेको छ ।

दक्षिणी गाजामा बन्दीहरू बुझेपछि रेडक्रसले तिनलाई इजरायलतर्फ लगेको बताइएको छ ।

बाँकी २८ बन्दीहरूको शरीर हमासकै कब्जामा छन् । तीमध्ये अधिकांशलाई भरेसम्ममा हस्तान्तरण गरिने बताइएको छ ।