ट्रम्पलाई इजरायलले देशको सर्वोच्च नागरिक सम्मान दिने

245
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इजरायलले प्रेसिडेन्सियल मेडल अफ अनरले विभूषित गर्ने भएको छ ।

त्यो इजरायलको सर्वोच्च नागरिक सम्मान हो ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगको कार्यालयले यसको जानकारी दिएको हो ।

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्दी बनाएका ४८ जनाको रिहाइका लागि ट्रम्पले गरेको प्रयासस्वरूप यो सम्मान दिन लागिएको हो ।

सोमवार इजरायलको संसद् कनेसेमा भेटघाट हुँदा हर्जोगले ट्रम्पलाई यस विषयमा जानकारी दिनेछन् ।

यो विभूषण आगामी केही महिनामा प्रदान गरिनेछ ।