
एजेन्सी । जापानको सत्तारूढ गठबन्धन भत्केको छ ।
कोमेइतो दलले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) सँग विद्रोह गरेर गठबन्धन टुटाएको हो । त्यसपछि जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सानाए ताकाइचीको प्रयासमा धक्का लागेको छ ।
ताकाइचीलाई एलडीपीले गत साता सभापति निर्वाचित गरेको थियो । उनले संसदमा बहुमत प्राप्त गरेमा मात्र प्रधानमन्त्री बन्न पाउनेछिन् ।
संसदमा एलडीपीको सबभन्दा धेरै सिट भए पनि बहुमत छैन । ऊ बहुमतबाट ३७ सिट टाढा छ । प्रमुख विपक्षी दलले अन्य पार्टीहरूलाई वैकल्पिक उम्मेदवारलाई समर्थन गर्न आह्वान गरेको छ ।
एलडीपीले राजनीतिक फन्डिङका विषयमा भएको भ्रष्टाचारलाई सन्तोषजनक रूपमा व्यवस्थापन नगरेकाले उससँग छुट्टिनुपरेको कोमेइतो दलका नेता तेचुओ साइतोले बताए ।
उनले ताकाइचीलाई संसदीय निर्वाचनमा मत नदिने बताएका छन् ।
पहिलो चरणमा सामान्य बहुमत प्राप्त सांसद प्रधानमन्त्री बन्न पाउँछ । नभए सबभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच निर्वाचन हुन्छ ।
कोमेइतोले साथ छोडेपछि ताकाइचीले डेमोक्रेटिक पार्टी फर द पिपुल लगायतका दलसँग गठबन्धनका लागि प्रयास गर्न सक्छ ।








प्रतिक्रिया