एक महिना पनि टिक्न नसकी फ्रान्सका प्रधानमन्त्री लेकोेर्नुले दिए राजीनामा

777
Shares

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री सेबास्टियनले सोमवार पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा राष्ट्रपति इम्मानुएल म्याक्रोनले स्वीकृत गरिसकेको बताइएको छ ।

लेकोर्नु गत सेप्टेम्बर ९ मा प्रधानमन्त्री बनेका थिए । उनी सत्तामा एक महिना पनि टिक्न सकेनन् ।

फ्रान्समा सन् २०२५ मा मात्रै दुई प्रधानमन्त्री बनिसकेका छन् । संसदमा कुनै पनि दलको बहुमत नरहेकाले प्रधानमन्त्री टिक्न मुश्किल पर्ने गरेको छ ।

फ्रान्सेली जनतामा राष्ट्रपति म्याक्रोन र सत्तारूढ नेताहरूप्रति चरम आक्रोश छ ।