पुरोहितबाट राष्ट्रपति पौडेलले ग्रहण गरे टीका

49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए ।

त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।