दशैं मान्न आज एकैदिन सवा १ लाख यात्रु बाहिरियो : उपत्यका ट्राफिक प्रहरी कार्यालय

35
Shares

काठमाडौं । दशैं मनाउन आज एक दिन मात्रै सवा एक लाख यात्रुले उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा उपत्यकाको सबै नाकामार्फत १८ हजार ६ सय १३ सवारी साधनमार्फत एक लाख ११ हजार ६ सय ३९ जना यात्रु बाहिरी जिल्ला फर्केका छन् ।

घटस्थापनादेखि आज बिहानसम्ममा भने ८३ हजार ८७ वटा सवारी साधनमार्फत ४ लाख ६७ हजार ९ सय ७७ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने आजसम्म करिब ८ लाखको संख्यामा यात्रुहरु बाहिरिएको जनाएको छ ।

यस्तै पछिल्लो एक दिनमा १० वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु र ११ जना सामान्य घाइते भएका छन् भने एकजना गम्भिर घाइते भएका छन् ।