जिल्ला प्रशासन मोरङलाई व्यापार संघले दियो ल्याण्डरोवर गाडी

868
Shares

विराटनगर । मोरङ उद्योग व्यापार संघले जेन–जी आन्दोलनका क्रममा आगजनीवाट पूर्ण रुपमा क्षति ग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई ल्याण्ड रोवर गाडी प्रदान गरेको छ ।

संघ सभापति अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष विकास बेगवानी सहितका पदाधिकारीले आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन ।

आगजनीवाट जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा क्षति हुनुका साथै प्रमुख जिल्ला अधिकारी सवार हुने गाडी समेत ध्वस्त भएपछि प्रजिअ गाडी विहिन थिए ।

कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि मोरङ प्रशासन कार्यालयको सेवा एकसाता सम्म ठप्प थियो ।

यो कार्यालयका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले १० थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएपछि कार्यालयले सेवा सुचारु गरेको थियो । त्यसैगरी व्यापार संघले आइतवार नै जिल्ला प्रहरी कार्यालय मोरङलाई एक थान मोटर साइकलपनि हस्तान्तरण गरेको छ ।