जीवन बिमक संघको अध्यक्षमा पराजुली

35
Shares

काठमाडौं । जीवन बिमक संघ नेपालले काठमाडौंमा सम्पन्न छैटौं वार्षिक साधारणसभाले प्रवीणरमण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सभाले सर्वसम्मत रूपमा पराजुलीलाई अध्यक्षको रूपमा चयन गरेको हो।

पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) का वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाशविक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेशलाल श्रेष्ठ (एसियन लाइफ) र सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बिमा संस्थान) र प्रणय कुमार (एलआईसी नेपाल) रहेका छन्।

संघको नयाँ कार्यसमितिले नेपाली बिमा क्षेत्रको विकास, बिमा सचेतना अभियान, जीवन बिमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बिमा सेवाको सर्वसुलभ विस्तार, बिमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नुपर्ने प्रभावकारी भूमिकाहरूमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।