माओवादी बैठकमा होहल्ला भएपछि पत्रकारलाई बाहिर निकालियो

336
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा होहल्ला भएपछि पत्रकारहरुलाई बाहिर निकालिएको छ।

बैठक उदघाटन कार्यक्रमको रिपोर्टिङका लागि पत्रकारहरु प्रवेश गरेका थिए। तर बैठक सुरु हुनासाथ नेताहरु सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यलाई धारणा राख्ने अवसर दिनुपर्ने माग गर्दै होहल्ला गरेपछि पत्रकारहरूलाई बाहिर निकालिएको हो । पार्टीले भने भौगोलिक र गैरभौगोलिक समूह बनाएर टोली नेतामार्फत मात्र विचार प्रस्तुत गर्ने तयारी गरेको थियो।

यसको विरोधमा प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमै होहल्ला भएको हो । त्यही क्रममा महासचिव देव गुरुङले पत्रकारहरुलाई हल छोड्न निर्देशन दिएका थिए।

गुरुङले बैठकमा विशेष महाधिवेशन, आम निर्वाचन र पार्टी एकता लगायतका एजेन्डा प्रस्तुत गरेका छन् ।