
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले शनिबार सतुङ्गलस्थित चौधरी समूहको कारखाना अवलोकन गरेका छन् । उनीसँगै नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि अवलोकनमा सहभागी भएका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनी घटनाले चौधरी समूह (सीजी) अन्तर्गतका उद्योग–व्यवसायमा अकल्पनीय क्षति पुर्याएको छ।
चौधरी समूहले प्रस्तुत गरेको विवरणअनुसार यो घटनाबाट करिब ५०० करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ। गत् भदौ २३ र २४ गते जेनजी प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए ।
आन्दोलनमा तोडफोड र आगजनी
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राजधानीसहित देशका विभिन्न स्थानमा रहेका सीजी समूहका व्यवसायिक संरचनाहरूमा योजनाबद्ध ढंगले आक्रमण गरिएको थियो।
सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी गरी भवन, मेसिनरी, उपकरण, मौज्दात र सवारीसाधन पूरै जलेर नष्ट भएका छन्।
सोही स्थानमा रहेको एलजी नेटको सर्वर र डाटा सेन्टरमा पनि क्षति पुर्याइएको छ।
एलजी मोटर्सको थापाथलीस्थित शोरुम र दरबारमार्गको मोबाइल सर्विस सेन्टरमा समेत तोडफोड र आगजनी गरिएको छ।
चौधरी समूहको अध्यक्ष विनोद चौधरीको सतुङलमा रहेको इलेक्ट्रोनिक्सको कारखाना र गोदाममा आगजनी पश्चात भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, सवारी साधन पूर्ण रुपमा क्षति भएको थियो ।
सोहि स्थानमा रहेको सिजी नेटको सर्भर टथा डाटा सेन्टरमा क्षति पुगेको थियो । यस्तै थापाथलीस्थित सिजी मोटर्सको शोरुम तथा हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा समेत तोडफोड र आगजनी भएको थियो । बाँसबारीमा पार्किङ गरिएको ६ वटा गाडीमा समेत आगजनी भएको विवरणमा उल्लेख छ।
चौधरी समूहको अध्यक्षको रवीभवनस्थित निजी निवास, बर्दघाटमा रहेको निवास तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । रवीभवन, बिशालनगरलगायतका स्थानमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुमका साथै चितवनको भरतपुरको सिजी ल्याण्डमार्क व्यवसायिक भवन तथा पसल, जोरपाटीस्थित सिजी एजुकेशनको द चाँदबाग स्कूलमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
सतुङलमाको इलेक्ट्रोनिक्स डिभिजनमा मात्र प्रत्यक्ष रुपमा १ हजारभन्दा बढीले रोजगारी पाइरहेका थिए । चौधरी समूहले यस्तो बिषम परिस्थितिमा पनि कर्मचारीलाई जागिरबाट निष्काशन नगर्ने र तलब भत्तासमेत कटौती नगर्ने जनाएको छ ।
समूहले यस घटनालाई केवल आफ्नै व्यापारिक क्षति नभई सम्पूर्ण व्यवसायिक समुदायमाथिको आक्रमणको रूपमा लिएको छ। यसले नेपालमा लगानीको वातावरण कमजोर बनाउने, विदेशी लगानी रोक्ने र बेरोजगारी समस्या अझ बढाउने चेतावनी दिँदै तत्काल सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ।
समूहले प्रस्तुत गरेको मुख्य सुझावहरू यस प्रकार छन् :
१. व्यवसायी र व्यवसायमाथी हुने यसप्रकारको हमलाले नेपालमा लगानीको सम्भावना क्षिण हुँदै जाने र पूँजी पलायनको स्थिति छ । विदेशी लगानी आउने सम्भावना एकदमै कम हुनेछ । यसले गर्दा देशमा बेरोजगारी समस्या अझै बढ्नेछ । तसर्थ व्यवसायीक लगानीको दीर्घकालिन औद्योगिक सुरक्षा योजनाको प्रत्याभूति सरकारले गरिदिनुपर्ने देखिन्छ ।
२. बीमा सम्बन्धमा स् स्टकमा रही क्षति भएका मालवस्तुको लागत मूल्य बराबरको यथाशिघ्र शतप्रतिशत दावी भुक्तानीको व्यवस्था गर्नुपर्ने । साथै बिमा नभएका वा मिाले कभर नगरेका व्यवसायिक सामानको उचित क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्ने ।
३. क्षति भएका उद्योग व्यवसायका लागि एक बर्षसम्म ऋणको पुनर्तालिकिरण एवं ऋणको व्याज मिनाहा वा सहुलियत दरको ऋण व्यवस्था गर्नुपर्ने । त्यस्तै आयकरमा समेत छुट सुविधा दिनुपर्ने ।
४. क्षति भएका उद्योग, कारखाना, गोदाम, शोरुम निर्माणको लागि आवश्यक निर्माण सामाग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शत प्रतिशत महशुल छुट सुविधा दिनुपर्ने ।
५. उद्योग व्यवसायका नाममा रहेका र पूर्ण रुपमा क्षति भएका सवारी साधन त्यस्ता उद्योग व्यवसायले पैठारी गर्न चाहेमा महशुलमा छुट सुविधा दिनुपर्ने ।
६. कम्पनीका हालसम्मका सम्पूर्ण खरिद विक्रीसँग सम्बन्धित खाता पाता तथा विल भौचर जलेर नष्ट भएको हुँदा कर परीक्षणका समयमा कम्पनीले उपलब्ध गराएका कागजातका आधारमा गरिदिनुपर्ने ।
७. सेजमा स्थापना हुने उद्योगले पाउने सरहको सुविधा अरु सेज बाहिर रहेका उद्योगलाई पनि प्रदान गर्दा उचित हुने ।







प्रतिक्रिया