जेनजी समूहले मन्त्रीहरू पनि सामाजिक सञ्जाल भोटिङमार्फत नै छनौट गर्ने

3.6k
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत भोटिङ गरेर प्रधानमन्त्री छानेका जेनजी पुस्ताले अब मन्त्रीहरु पनि सामाजिक सञ्जाल अनलाइन भोटिङमार्फत छान्ने तयारी गरेका छन् ।

सरकार नभएको समयमा नयाँ सरकार गठनका लागि नेपाली सेनाले पहलकदमी लिइरहँदा जेनजी समूहले भर्चुअल बैठक बोलाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन मतदान गरेर नयाँ नेतृत्व छानेका थिए ।

युवाहरुले डिस्कर्ड नामको च्याट एप प्रयोग गरेर प्रधानमन्त्री छान्न भोटिङ गरेका थिए । अनलाइन मतदानमा पूर्वप्रधानन्याधीश सुशीला कार्कीले सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् ।

कार्कीले मतदानमा सहभागी ७ हजार ७ सय जेनजी भोटमध्ये ३ हजार ८३३ अर्थात ५० प्रतिशत मत पाएकी थिइन् भने दोस्रोमा रहेको ¥याडम नेपालीले २६ प्रतिशत र सागर ढकालले १४ प्रतिशत मत पाएका थिए ।

युवाको अनलाइन निर्णयलाई सम्मान गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे ।

अबको सरकारमा नयाँ मन्त्रीहरू पनि अनलाइन भोटिङमार्फत छानिने जेनजीले तयारी गरेका छन् । यो प्रकृया जेनजी पुस्ताले अबको सरकारमा नयाँ मन्त्रीहरू छान्नका लागि पनि प्रयोग गर्ने चर्चा चल्न थालेको छ।

जेनजी पुस्ताको लिडर बनेका सुदन गरुङले नयाँ मन्त्रीहर छनोटका लागि भोटिङ प्रक्रिया चाँडै सुरु गर्न लागेको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ ।