
काठमाडौं । जेनजीको आन्दोलनपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले शुक्रबार बिहान कर्फ्यु केही खुकुलो बनाएको छ।
बिहान ६ देखि ९ बजेसम्मको समय उपत्यकामा खुला गरिएपछि अत्यावश्यक उपभोग्य सामग्री किन्ने उपभोक्ताको भीड देखिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पसलहरूमा दाल, चामल, तेल, चिनी, तरकारी लगायतका सामग्री किन्न सर्वसाधारणको घुइँचो लागेको थियो।
प्रशासनले जनजीवन सहज बनाउन बिहान र साँझ केही समय कर्फ्यु खुकुलो बनाउने निर्णय गरे पनि नागरिकहरूमा अझै पनि अनिश्चितता र चिन्ता कायम छ।







प्रतिक्रिया