
काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् ।
दउवाको निधारबाट रगत बगेको देख्न सकिन्छ । उनीहरुले देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।
निवासमै रहेका देउवा दम्पत्तीको उद्धारका लागि नेपाली सेना पुगेको थियो । तर प्रदर्शनकारीको बाक्लो उपस्थिति पछि हेलिकप्टर बस्न सकेको थिएन ।
हेलिकप्टरले आकाशमा फन्को मारिरहेपछि आन्दोलनकारीले देउवा दम्पत्ती घरभित्रै रहेको भन्दै आगजनी र तोडफोड गरेका थिए र भित्र रहेका देउवा दम्पत्तीलाई कुटपिट गरेका प्रत्यक्षदर्शीको भनाइ छ ।
घाइते अवस्थामै देउवा दम्पत्तीलाई त्यहाँ रहेका प्रदर्शनकारीले उद्धार गरेका थिए ।








प्रतिक्रिया